मनोहरा खोला किनारका सुकुम्बासीहरु डुबानमा, बस्ती पूरै जोखिम
भदौ ३० – भक्तपुर मनोहरा खोला किनारमा बस्दै आएका सुकुम्बासीहरु डुबानमा परेका छन् ।
विगत तीन दिनदेखि परेको वर्षाका कारण मध्यपुरथिमि–१६ स्थित खोला किनारको बस्ती डुबानमा परेपछि पूरै बस्ती जोखिममा परेको हो ।
बस्तीभित्र पानी पसेपछि बस्तीका बालबालिका बाहिर निस्कन नसकेको र बस्तीका बासिन्दाहरू बजार जान आउनसमेत नसकेको बताइएको छ ।
त्यहाँ सुकुम्बासीहरुले तीन दिनदेखि राम्ररी सुत्न र बस्नसमेत नपाएको गुनासो पोख्दै भात खाने ठाउँसमेत हिलाम्मे भएको बताएका छन् ।
दुई दिनअघि खोलामा आएको बाढीले स्थानीय एक युवकलाई बगाएको र उनको पछि प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बस्तीमा रहेका करिब दुई सयभन्दा बढी घरमध्ये पक्की घरका बासिन्दालाई बाढीले केही असर नपु¥याए पनि अधिकांश एकतल्ले टहरामा पानी पसेको र एकसयभन्दा बढी सुुकुम्बासी परिवारले सास्ती खेप्नुपरेको वस्तीका बासिन्दाको भनाई छ ।
प्रकाशित मिति:
September 15, 2012