अस्पताल लैजान ढिला गर्दा निमोनियाले लियो एक बालिकाको ज्यान
भदौ २१ – सप्तरी जिल्लामा बिरामीलाई अस्पताल लैजान ढिला गर्दा निमोनियाका कारण एक बालिकाको ज्यान गएको छ ।
सप्तरीस्थित रम्पुरा मल्हनिया–५ बस्ने गजेन्द्र यादवकी छोरी सात वर्षीया पूजाकुमारीको निमोनियाका कारण आज मृत्यु भएको हो ।
सुरुमा रुघाखोकी लागेपछि टाउको दुख्ने, घाँटी दुःख्ने, शरीर दुख्ने हुँदै १०४ डिग्रीसम्म ज्वरो आएपछि सगरमाथा अञ्चल अस्पतालमा भर्ना हुनासाथ उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।
अस्पतालमा ढिलो गरी बिरामी ल्याइएका कारण बचाउन नसकिएको अस्पतालका स्वस्थ्यकर्मीको भनाई छ ।
प्रकाशित मिति:
September 06, 2012