मिस ग्लोबलको ताज प्रियंका भण्डारीले पहिरिएपछि...
आफ्ना १६ प्रतिस्पर्धीलाई पछि पार्दै मिस ग्लोबल इन्टरनेशनल–२०१२ को ताज प्रियंका भण्डारीले पहिरिएकी छन् ।
सोमबार मोडल ग्लोवल भिसाज कन्सल्टेन्सीको आयोजनामा राजधानीको आर्मी अफिसर्स क्लबमा सम्पन्न फाइनल प्रतिस्पर्धामा धुम्वाराहीकी १७ बर्षीया प्रियंकाले ताज पहिरिएकी हुन् ।
विभिन्न १३ विधामा उपाधि प्रदान गरिएको प्रतियोगितामा प्रिया सिग्देल फस्ट रनरअप घोषित भइन् भने सोनू थापा मगरले सेकेन्ड रनरअपका साथै मिस ट्यालेन्ट र मिस फ्रेन्डसीपको उपाधि जितिन् ।
प्रतियोगितामा सेलिना नकर्मी मिस डिसिप्लिन, रोशनी अधिकारी मिस इन्टेलीजेन्स, सृष्टि श्रेष्ठ मिस पपुलारिटी, सुम्निमा श्रेष्ठ बेष्ट सोसल वर्क, सुप्रभा कुवँर मिस क्याटवाक, समिक्षा सिटौला मिस फोटोजेनिक र बिपशयना बैद्य वेष्ट ड्रेस घोषित भए । दुई लाख रुपैया नगद पुरस्कारको मिस बेष्ट मार्केटिङको उपाधि भने शुभेच्छा राईले पाइन् ।
प्याब्सनका अध्यक्ष डा। बाबुराम पोखरेल प्रमुख अतिथि रहेको प्रतियोगीताको निर्णायकमा मेघा बैंकका सिइओ अनिल शाह, पूर्वमिस नेपाल मनिला जोशी, फोटोपत्रकार बिकास रौनीयार र एनवी बैंकका सिइयो ज्ञानेन्द्र ढुंगाना थिए ।
शीर्ष उपाधि बिजेता प्रियंकालाई पहिलो मिस ग्लोवल इन्टरनेशनल दीक्षा लामाले क्राउन पहिर्याइदिएकी थिइन् । प्रियंकाले उपाधिसहित दुई लाख, फस्ट रनरअप प्रियाले ५० हजार र सेकेन्ड रनरअप सोनुले ३० हजार नगद पुरस्कार प्राप्त गरे । शीर्ष तीन बिजेतालाई पुरस्कार स्वरुप बिदेश अध्ययनका लागि हवाइ टिकट पनि प्रदान गरिएको छ ।

प्रकाशित मिति:
September 04, 2012