अमेरिकालाई ३२ रनले हराउँदै नेपाल डिभिजन ३ को ढोकामा
भदौ २२ – आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ४ अन्तर्गत आजको खेलमा नेपालले अमेरिकालाई ३२ रनले पाखा लगाएको छ ।
यो जितसँगै नेपाल डिभिजन ३ मा उक्लने पक्कापक्की जस्तै भएको छ ।
छ टोलीले एक अर्का विरुद्ध खेलिसक्दा शीर्ष स्थानमा रहने दुई टोली डिभिजन थ्रीमा उक्लने छन् भने पुच्छारमा रहेका दुई टोली डिभिजन फाइभमा घटुवा हुनेछन् ।
प्रतियोगिताको एक मात्र अपराजित टिम नेपालको ४ खेलबाट ८ अंक छ भने समान खेलबाट ६ अंक जोडेको खेलेको सिंगापुर दोस्रो स्थानमा छ । सिंगापुरसँग समान अंक जोडेपनि रन रेटका आधारमा पछि परेको डेनमार्क तेस्रो स्थानमा छ भने ४ अंकका साथ अमेरिका चौथो स्थानमा छ ।
आजको खेलमा पहिलो ब्याटिङ रोजेको नेपालले अमेरिकासामु २५८ रनको लक्ष्य पेस गरेको थियो । जसमा सुवाष खकुरेलले १ सय १५ रन जोड्न सफल भएका थिए ।
आजको खेलमा नेपालको जितका लागि बसन्त रेग्मीले ६ विकेट हात पारेका छन् ।
प्रतियोगितामा नेपालले दिएको २५९ रनको लक्ष्य पछ्याएको अमेरिका ४८.२ ओभरमा मात्र २२६ रन बनाउँदै अल आउट हुन पुगेको हो ।
अब नेपालले आइतबार डेनमार्कसँग खेल्नेछ भने अर्को खेलमा सिंगापुर र अमेरिका भिड्ने छन् ।
डेनमार्कलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्नेछ भने डिभिजन थ्रीका लागि छानिने छ । तर, नेपाल डेनमार्कसँग पराजित हुने र सिंगापुरले अमेरिकालाई पराजित गरे डिभिजन थ्रीमा उक्लन नेपाल रन रेटमा भर पार्नु पर्ने हुन्छ ।
प्रकाशित मिति:
September 07, 2012