प्रचण्ड चढेको हेलिकप्टर आकस्मिक अवतरण, प्रचण्ड मन्थलीमै रोकिए
असोज २ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।
उनी चढेको हेलिकप्टर मौसम खराबका कारण रामेछापको मन्थलीमा आकस्मिक अवतरण गरिएको हो ।
भोजपुरमा पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गरेर राजधानी फर्कने क्रममा उनी चढेको हेलिकप्टर आकस्मिक अवतरण गर्नु परेको हो ।
मौसम खराबीले हेलिकप्टर आकस्मिक अवतरण गरिएपनि कुनै क्षति भने भएको छैन । प्रचण्ड अहिले मन्थलीमा नै रोकिएका छन् ।
प्रकाशित मिति:
September 18, 2012