• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » अमेरिकामा उपप्रधानमन्त्री नारायणकाजीलाई कतै स्वागत कतै कालो झण्डा र विरोध
अमेरिकामा उपप्रधानमन्त्री नारायणकाजीलाई कतै स्वागत कतै कालो झण्डा र विरोध


संयुक्त राष्ट्र संघको ६७ औं महासभामा भागअमेरिका पुगेका उपप्रधानमन्त्री नारायणकाजीलाई कतै स्वागत गरिएको छ भने कतै कालो झण्डा र विरोध पत्र साथ वर्तमान सरकारप्रति असन्तुष्टि समेत पोखिएको छ ।

सेप्टेम्बर २९, २०१२ का दिन अमेरिकाको न्यूयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघको सतसट्ठिऔँ साधारणसभाको बैठकमा नेपालको तर्फबाट भाग लिन आउनुभएका एनेकपा माओवादी का उपाध्यक्ष तथा उपप्रधान एव विदेशमन्त्री नारायणकाजी श्रेष्ठलाई स्थानीय ज्याक्सन हाइट स्थित याक रेस्टुराँमा भएको एक कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिका तथा नेपाली काँग्रेसको तर्फबाट नेपाली जनसम्पर्क समिति उत्तर अमेरिकाका प्रतिनिधि श्रीमती म्रिदुला कोइरालाले एक बिरोध ज्ञापणपत्र बुझाए ।


सो विरोध ज्ञापणपत्र बुझाउनेहरुमा ने का का युवा नेता मुनीन्द्र नेम्बाङ, विष्णु सुवेदी, विजय थुलुङ, रोशन ढुंगाना, विश्व शाह, नेत्री जनेश गुरुङ, शारदा क्षेत्री, नेता वंसलाल तामाङ, नवीन शेरचन, महेश मल्ल, छिरिङ तोप्के लामा लगायतको उपस्थिति थियो ।

सोही मौकामा ने ज सका केही सदस्यले कालो झण्डा समेत देखाएका थिए ।

त्यस्तै, भर्जिनियामा पनि उनलाई कालो झण्डा देखाइएको छ । आइतबार भर्जिनियामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी नेपालीहरुले कालोझण्डा देखाएर विरोध गरे ।

डिसीस्थित नेपाली राजदूतावासका सबै कर्मचारी समेत सहभागी अमेरिका नेपाल सोसाईटीले आयोजना गरेको कार्यक्रमको अन्त्यमा आयोजकहरुले सहभागीहरुलाई एक चरण मात्र प्रश्न गर्न दिएपछि आफ्नो जिज्ञासा राख्न नपाएका असन्तुष्ट कांग्रेस समर्थित कार्यकर्ता एवं शुभेच्छुकहरुले उनलाई घेरेर कालोझण्डा देखाए ।

यसरी, विरोधकै बाबजुद वाशिंगटन डिसीमा भने उपप्रधानमन्त्री श्रेष्ठको भव्य स्वागत समेत गरिएको छ ।

वाशिंगटन डिसीस्थित नेपाली दुतावासको सहयोगमा अमेरिका नेपाल सोसाइटीले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई भव्य स्वागत गरिएको हो ।

उक्त कार्यक्रममा उनको भाषण सुन्न वाशिंगटन डि. सी, भर्जिनिया, म्यारिल्याण्ड राज्यहरूमा बसोबास गर्ने नेपालीहरूको बाक्लो उपस्थितीले हल खचाखच भरिएको थियो ।

उक्त भब्य समारोहलाई सम्बोधन गर्दै उप-प्रधानमन्त्रीले अन्तरिम संविधान भङ्ग भई नेपालमा अहिलेको राजनैतिक अन्यौलता हुनुमा कुनै एक दलको मात्रै दोष नभएर सबै राजनैतिक दलहरू दोषी रहेको समेत बताएका थिए ।

प्रकाशित मिति: October 02, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |