• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » अमेरिका जाने होइन त ? खुल्यो त २०१४ को डिभी !
अमेरिका जाने होइन त ? खुल्यो त २०१४ को डिभी !

असोज १६ – अमेरिका जानका लागि इलेक्ट्रोनिक माध्यमबाट भरिने भिषा सन् २०१४ को लागि पनि खुल्ला गरिएको छ ।


नेपालस्थित अमेरिकी राजदूतावासले सन् २०१४ को डिभी कार्यक्रमका लागि आजदेखि आवेदन खुला गरेको हो । आवेदन आजदेखि अन्तिम म्याद आगामी कात्तिक १८ गतेसम्म रहेको दुतावासले जनाएको छ ।

डिभी चिट्ठामा सहभागी हुन कुनै शुल्क नलाग्ने र आवदेकहरूले डिभी–२०१४ डाइभर्सिटी भिसा चिठ्ठाका लागि आवेदन इलेक्ट्रोनिक माध्यमद्वारा दर्ता अवधिभित्र पेस गरिसक्नुपर्ने पनि दूतावासको भनाई छ ।

भिसाका लागि योग्य हुन डिभी विजेताहरूले कम्तीमा बाह्र वर्ष बराबरको औपचारिक शिक्षा हासिल गरेको हुनुपर्ने र उच्च शिक्षाका कुनै पनि संस्थानमा कुनै पनि विषय पढ्न पाउने गरी नेपाल सरकारले मान्यता दिएका सीटीईभीटीलगायतका व्यावसायिक डिग्रीलाई मात्र औपचारिक शिक्षा सरहको मान्यता दिइने जनाइएको छ ।

सीमित उच्च शैक्षिक कार्यक्रममा मात्र सहभागी हुन पाउने खालका व्यावसायिक डिग्रीलाई बाह्र वर्षे औपचारिक शिक्षा सरहको मान्यता नदिइने पनि दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: October 01, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |