• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » डेन्टलका सञ्चालक र अधिकारकर्मीले बङ्गुर पाल्न थालेपछि....
डेन्टलका सञ्चालक र अधिकारकर्मीले बङ्गुर पाल्न थालेपछि....


असोज १६ – बेरोजगार युवालाई स्वरोजगार बन्न उत्प्रेरणा पुर्याउने उद्देश्य राखेर डेन्टल सञ्चालक समेत सहभागी भई कञ्चनपुरमा बङ्गुर फार्म सुरु गरिएको छ ।

कञ्चनपुरको भीमदत्तनगर बजारमा रहेको हिमाल डेन्टलका निर्देशक रमेश चन्दले अधिकारकर्मी प्रविन बोगटी र पोषण पुनःस्थापन गृहका कर्मचारी मुकुन्दप्रसाद भट्टसँग मिलेर बङ्गुर फार्म सञ्चालन गरेका हुन् ।

सुडास्थित सिसैयाको चौधर नदीमा जमिन भाडामा लिएर पाँचजनाले बङ्गुर फार्म सञ्चालन गरेका हुन् ।

सञ्चालक चन्दले अहिले विदेश जाने युवाको सङ्ख्या दैनिक बढेको र यसलाई रोक्न र स्वरोजगारीका अवसर सिर्जना गर्न फार्म चलाएको बताए ।

फर्मका पाँचजनामा चार पुरुष र एक महिला छन् । भीमदत्त नगरपालिका वन गाउँकी गीता चन्दले बङ्गुरपालनमा साझेदारी गरेकी छिन् ।

खोरमा बङ्गुरका विभिन्न प्रजातिका ३० पाठा राखिएका छन् । एक पाठाको मूल्य रु ५०० भन्दा बढी परेको फर्म सञ्चालकहरूले बताए ।

अहिलेसम्म फर्म सञ्चालनका लागि रु छ लाख खर्च पुगेको प्रविनले भने— साना किसान सहकारीबाट रु एक लाख ५० हजार ऋणसमेत लिएको छ ।

जे होस, डेन्टल सञ्चालक तथा अधिकारकर्मीहरु समेत पशुपालन जस्ता पेसामा लागेपछि सर्वसाधरणलाई भने यसले थप काम गर्न उत्प्रेरणा जगाएको छ ।

प्रकाशित मिति: October 02, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |