• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बसमा जाँच गर्दा लागु औषधसहित २ जना पक्राउ
बसमा जाँच गर्दा लागु औषधसहित २ जना पक्राउ

असोज १७ – प्रहरीले दुई वटा बसमा चेक जाँच गर्ने क्रममा अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको दुर्ई बसलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने रातेमाटेमा प्रहरीले आज बिहान जाँच गर्ने क्रममा ती दुई जना अवैध लागु औषधसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमध्ये भक्तपुर जिल्ला कटुन्जे गाविस– ६ बस्ने ३३ वर्षीय नवराज श्रेष्ठका साथबाट अवैध खैरो हिरोइन ३०० ग्राम र बारा जिल्ला भवानीपुुर गाविस– ३ बस्ने २७वर्षीय वीरेन्द्रप्रसाद सोनारका साथबाट अवैध फेन्सिडल तीन हजार मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित अभियुक्तलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।

प्रकाशित मिति: October 03, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |