• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » यात्रुबाहक बसमा रकम चोर्नेलाई यात्रुहरुले नै कुट्दै प्रहरी समक्ष बुझाए
यात्रुबाहक बसमा रकम चोर्नेलाई यात्रुहरुले नै कुट्दै प्रहरी समक्ष बुझाए


असोज १८ – यात्रुबाहक बसमा चढेर सर्वसाधारण यात्रुहरूको रकम चोरी कार्यमा संलग्न रहेको आरोपमा एक युवकलाई बुधबार यात्रुहरूले कुटपिट गर्दै प्रहरीलाई बुझाएका छन् ।

वीरगन्जबाट विराटनगर जाँदै गरेको यात्रुबाहक बसमा चढेर यात्रुहरूको रकम पाकेटमारी गरिरहेको अवस्थामा बसमा सवार यात्रुहरूले सिरहाको असनपुर–७ गोलबजार घर बताउने २७ वर्षीय सुरेश बोगटीलाई कुटपिट गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानमा बुझाएका हुन् ।

बोगटीलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय लहानमा राखिएको जिल्ला ट्राफिक प्रहरी बताएको छ ।

यसैबीच भारतबाट भन्सार छलेर अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको रु एक लाख मूल्य बराबरको दैनिक उपभोग्य समानहरू प्रहरीले सिरहाको महेशवारीबाट बरामद गरेको छ ।

गस्तीमा खटिएको टोलीले भारतीय बजारबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चिनी, दाल, बिस्कुट, चामल, बिडी, चकलेट, खानेतेललगायतका समान बरामद गरिएको प्रहरीले बतायो ।

प्रकाशित मिति: October 04, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |