ट्रक बनाएर परिक्षण गर्दा त्रिशूलीमा खस्यो, १ बेपत्ता, ३ घाइते
मंसिर ११ – चितवनमा आज ट्रक बनाएपछि परीक्षण गर्न खोज्दा अनियन्त्रित भई त्रिशूलीमा खस्दा एक जना बेपत्ता भएका छन् ।
चितवनको चण्डीभञ्याङ गाविसस्थित पाँच किलोबाट ट्रक त्रिशूली नदीमा खस्दा उनी बेपत्ता भएको हुन् ।
नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत चण्डीभञ्जाङ–९ पाच किलो भन्ने स्थानमा गएराति आफैँले मर्मत गरेर ट्रकको परीक्षण गर्न लाग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पर्साका मिस्त्री संशोधिन अन्सारी बेपत्ता भएको जानकारीमा आए पनि नाम भने यकिन भई नसकेको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । वीरगन्जबाट काठमाडौँतर्फ जादै गरेको ना३ख ९५७५ नम्बरको ट्रक बिग्रिएपछि उनी ट्रक बनाउन त्यहाँ पुगेका थिए ।
प्रकाशित मिति:
November 26, 2012