रिसेप्सनिष्टको मृत्युपछि महारानीको स्वर नक्कल गर्ने रेडियोकर्मी कामबाट हटाइए
बेलायती राजकुमार विलियमका गर्भवती पत्नी राजकुमारी क्याथरिनलाई टेलिफोन गर्ने अस्ट्रेलियाका दुई रेडियो प्रस्तोतालाई उनीहरूले गरेको फोन उठाउने रिसेप्सनिष्टले आत्महत्या गरेको देखिएपछि कामबाट हटाइएको छ ।
नर्स ज्यासिन्था साल्डानाले फोन उठाउँदा सिड्नीको टुडे एफएमका दुई प्रस्तोताले आफूलाई बेलायती महारानी एलिजावेथ द्वितीया तथा विलियम्सका पिता राजकाुमार चाल्र्सको रूपमा प्रस्तुत गरेका थिए । यी नर्सले आफ्ना साथीलाई फोन दिएकी थिइन र उनले क्याथरिनको स्वास्थ्यका बारेमा जानकारी दिएकी थिइन् ।
साल्डानालाई शुक्रबार मृत अवस्थामा फेला पारिएको थियो । लन्डनको निजी किङ एडवर्ड सातौँ अस्पतालका प्रमुखले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
रेडियो केन्द्रले प्रस्तोता मेल ग्रेइग तथा माइकल क्रिस्चियनले उक्त घटनाबाट आफू स्तब्ध भएको बताएको उल्लेख गरेको छ । टुडे एफएम तथा त्यसका मालिकले यी प्रस्तोता अर्को सूचना नभएसम्म काममा नफर्कने उल्लेख गरेका छन् ।
नर्सको मृत्युभएको समाचार बाहिर आउनासाथ उक्त रेडियो स्टेसनका फेसबुक पानामा हजारौँ टिप्पणी आएका थिए र धेरैले यी दुई प्रस्तोतालाई बर्खास्त गर्न माग गरेका थिए ।
रानीको स्वर नक्कल गरी लिइएको समाचार अस्ट्रेलियामा व्यापक रूपमा प्रसारण भएको थियो र त्यसमा विभाजित भनाइ आएका थिए । कसैले यसलाई क्षतिविहीन हाँसोको रूपमा लिएका थिए भने कसैले सबैसँग गोपनीयताको अधिकार हुने बताएका थिए ।
अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले नर्सको मृत्यु डरलाग्दो दुर्घटना भएको बताएका छन् । । अस्ट्रेलियाली सञ्चारमन्त्री स्टेफेन कोनरोयले अस्ट्रेलियाली सञ्चार तथा आमसञ्चार प्राधिकरणले यस विषयमा गुनासो प्राप्त गरेको र उनीहरूले कुनै आचार संहिता उल्लङ्घन गरेका छन् कि छैनन भनी अनुसन्धान गरिने जानकारी दिए । - एजेन्सी
![]() |
राजकुमारी क्याथरिन |

प्रकाशित मिति:
December 09, 2012