कुलेखानीमा आगो लागेपछि विद्युत् उत्पादन नै ठप्प
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjqPCf0JzRe0R4th3clU17oKuaOXz-UW9D6UkOWgvhowsz-0RbM5qUCgdHrlGywljZNwTM27QhOUKCIJDws-qeYjqjXf24MpGqKkiAc-e26pcZPvZGMCDakUzB2buM00Ur-N9x9C0_0qL64/s320/khulekhani.jpg)
हेटौंडाको भैसे गाविस-१ स्थित कुलेखानी जलविद्युतमा दोस्रो आयोजनाको कम्पाउन्डमा रहेको तीनवटा विद्युत ट्रान्सर्फमरमा गए राति आगलागी भएको हो । उक्त आगलागीबाट करिब २५ करोड रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
आगलागीका कारण कुलेखानी दोस्रोबाट उत्पादन हुने ३२ मेगावाट विद्युत् उत्पादन अवरुद्ध हुन पुगेको हो ।
आयोजनामा लागेको आगो भने नेपाली सेना, प्रहरी, स्थानीय बासिन्दा, चितवन, वीरगन्ज र हेटौँडाका दमकलले करिब दुई घण्टापछि नियन्त्रणमा लिएका थिए ।
प्रकाशित मिति:
April 17, 2013