फोन गरेर धकाई पैसा बटुल्ने पक्राउ
बैशाख ४ - व्यवसायीलाई मोबाइलबाट फोन गरेर पैसा असुल्न खोज्ने डडेल्धुराको रुपाल गाविस–५ का भोजराज जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी हिरासतमा राखेको छ ।
कञ्चनपुरको त्रिभुवनवस्तीका इँटा व्यवसायी फैरु तामाङका कर्मचारी वीरभद्र जोशीलाई बारम्बार मोबाइलबाट फोन गरी डर धम्की देखाई भोजराजले पैसाको माग गर्दै आएका थिए ।
पीडितले मोबाइल नम्बरसहित प्रहरी कार्यालयमा उजुरी गरेपछि प्रहरीले मोवाइल फोनसहित भोजराजलाई पक्राउ गरेको राससले उल्लेख गरेको छ ।
फोन डिटेलका आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनले अर्काको फोन प्रयोग गरेर धम्क्याउदै पैसा माग्दै आएको थिए ।
पक्राउ परेका भोजराजलाई हिरासतमा राखेर अनुसन्धानको कार्य अगाडि बढाइएको छ ।
प्रकाशित मिति:
April 17, 2013