छोराद्धारा आफ्नै बाबुको हत्या
चैत ३१ - आफूले जन्म दिएको छोराको कुटपिटबाट आफ्नो मृत्यु हुन्छ भन्ने कुरा कुनचाहिँ बाबुले सोचेको हुन्छ र ? तर यस्तै भएको छ कोसी अञ्चलको उत्तरी पहाडी जिल्ला भोजपुरमा ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुर जिल्ला तिम्मा–५ का २८ वर्षीय मिलन राईको कुटपिटबाट ५६ वर्षीय बाबु धर्मेन्द्र राईको मृत्यु भएको हो । ।
मिलनले घरायसी विषयमा विवाद हुँदा हिजो बिहान एक्कासी बाबु धर्मेन्द्रलाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको हो । मिलनलाई प्रहरी चौकी गुप्तेश्वरले पक्राउ गरेको छ ।
प्रकाशित मिति:
April 13, 2013