बैशाख ६ - धनकुटाबाट काठमाडौँतर्फ आइरहेको ना४ख ४३४८ नम्बरको रात्रिबस र ना ३ख ५३५७ नम्बरको ट्रक पूर्वपश्चिम राजमार्गको मनहरिको सुनाचुरीमा गए राति एकआपसमा ठक्कर खाँदा रात्रिबसका एकयात्रुको घटनास्थलमै मृत्युभएको छ ।
मृत्यु हुनेको अहिलेसम्म सनातत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त रात्रि बसका १८ जना यात्रुको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
बसचालक हेटौँडा नगरपालिका वडा–१ चोकी टोल बस्ने देवकृष्ण महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी उक्त राजमागकै सुनाचुरी नजिकै वीरगन्जबाट आएको बस ना४ख ७८६ र चितवनको भरतपुरबाट आएको ट्रक ना३ख ५३५७ गएराति एक आपसमा ठोकिँदा रात्रि बसका आठ यात्रु गम्भीर घाइते भएका छन् ।
घाइतेहरूको उपचारका लािग चितवनको शिक्षण अस्पतालमा पठाइएको मनहरि इलाका प्रहरी कार्यालयले जनाएको छ ।
Powered by Blogger.
दुर्घटनामा एकको मृत्यु, अठार घाइते
प्रकाशित मिति:
April 19, 2013