बैशाख ५ - दुई कोरियाबीचको विवादले त्यहाँ अमेरिका सम्मिलित आणविक युद्धको खतरा बढेर गएको अवस्थामा दक्षिण कोरियाका ६० जना भिक्षुसहित कोरियाका लागि नेपाली राजदुत समेतले लुम्बिनीमा पुगेर शान्तिको कामना गरेका छन् ।
सो क्रममा कोरियाका लागी नेपाली राजदुत कमान सिंह लामाले दुई कोरियाली देशबिच भड्किन लागेको आणविक युद्धलाई लुम्बिनीबाट शान्ती द्धीपले साम्य पार्ने धारणा ब्यक्त गरे ।
उनले बिहिबार लुम्बिनीमा नेपाल दक्षिण कोरिया बिश्व शान्ती द्धीप यात्रा २०६९ समारोह लाई सम्बोधन गर्दै बताएका हुन् । राजदुत लामाले दुई कोरिया बिच हुने साम्भावना रहेको आणविक युद्ध संसारको जुनसुकै कुनामा आकाश मार्फत बिष्फोट हुने भएकोले त्यसको शान्तीको लागी सबै नागरिकले कामना गर्नु पर्ने आग्रह समेत गरे ।
सो अवसरमा कोरियाली भिक्षु सम्बु हेजाले लुम्बिनीबाट प्रज्वलन गरेको शान्ति द्धीप कोरिया स्थित एक सय आठ वटा गुम्वामा जलाए पछि कोरियाली द्धन्द्ध साम्य पार्नुको साथै नेपाल र दक्षिण कोरिया बिचको समबन्ध अझै सुमधुर हुने बिस्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा मूल समारोह समितिका संयोजक कपिल लामा, लुम्बिनी बिकाश कोषका उपाध्यक्ष आचार्य भिक्षु कर्मा स्याङबो शेर्पा, अन्तराष्ट्रिय बौद्ध समाज लुम्बिनीका अध्यक्ष भिक्षु मैत्री लगायतल शान्ती मन्तब्य ब्यक्त गरेका थिए ।
लुम्बिनी स्थित शान्ति द्धीपबाट प्रज्वलन गरिएको द्धीप मायादेवी मन्दिर परिक्रमा गरि शुक्रबार राष्ट्रपति डा. रामवरण यादव मार्फत दक्षिण कोरियालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेका आयोजकले जनाएका छन् ।
Powered by Blogger.
कोरिया आणविक युद्ध रोक्न लुम्बिनीमा प्रार्थना
प्रकाशित मिति:
April 18, 2013