माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर दुईको मृत्यु
बैशाख ५ - चितवनको भरतपुरस्थित बाह्रघरेमा नहरको माटो निकाल्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ ।
नहर खन्दै गर्दा दस फिट माटोको ढिस्को खसेर सुर्खेत घर भई हाल बाह्रघरे बस्दै आएका २० वर्षीय जोना घिमिरे र १८ वर्षीय नुहरमिया अन्सारी पुरेको थियो ।
हिजो अपराह्न घटना भएलगत्तै प्रहरीको टोलीले ढिस्को खनेर उनीहरूलाई निकालेका थिए । उनीहरूको उपचारका क्रममा गएराति भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
April 18, 2013