अख्तियारमा अख्तियारद्धारा नै दोषी ठहरिएका व्यक्ति ल्याइएपछि अख्तियार घेराउ

नेकपा–माओवादी सहितका ३३ दलले मंगलवार विहान टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा घेराउ र धर्ना दिएका हुन् ।
अख्तियारले सुन तस्करीकाण्डमा ७२ लाखको दोषी ठहर गरेको व्यक्ति तथा शाहीकालिन मुख्य सचिव र जनआन्दोलन दबाउन मुख्य भूमिका खेल्ने मध्ये एक रहेका कार्कीलाई अख्तियार जस्तो महत्वपुर्ण निकायमा प्रमुखको जिम्मेवारी दिएको भन्दै ३३ दलले आज बिहान ९ बजेदेखि २ घण्टा धर्ना दिएका हुन् ।
आन्दोलनकारीहरुलाई अख्तियारको गेटसम्म पुग्न नदिएपछि उत्ततरतर्फ भाटभटेनी र दक्षिण टंगाल गणेश छेउमा आन्दोलनकारीहरुले धर्ना र नाराबाजी गरेका थिए ।
प्रकाशित मिति:
May 14, 2013