आज पनि ६५० ले सुन झर्यो ओरालो नै
जेठ ५ । साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुनको भाउ ओरालो नै लागेको छ । आज सुनको भाउ ६५० ले ओरालो लागेको हो ।
शुक्रबार सुन प्रतितोला रु ४९ हजार ७५० मूल्यमा कारोबार भएकोमा आज भने ६ सय ५० ले घटेर ४९ हजार १०० मा कारोबार भएको हो ।
शुक्रबार प्रतितोला ४९ हजार ५०० मा कारोबार भएको तेजावी सुन आज भने प्रतितोला रु ४८ हजार ८५० मा कारोबार भयो ।
असली चाँदीको मूल्यमा पनि प्रतितोला ५ ले कमी आई प्रतितोला ८ सय ५० कायम भएको छ ।
अमेरिकी डलर राम्रो भएकाले सोही बजारमा सुनको मूल्यमा कमी आएको हो । अन्तर्राष्टिय बजारमा सुनको मूल्य घटेसँगै नेपालमा पनि घटेको हो ।
प्रकाशित मिति:
May 19, 2013