जेठ ६ । महिला हिंसा बढ्दैगएको वर्तमान अवस्थामा महिला सशक्तीकरण नेपालले महिला आत्मसुरक्षाका लागि कार्यक्रम गर्ने भएको छ ।
संस्थाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा महिला हिंसा न्यूनीकरणका लागि महिला आफैंँ सशक्त हुनुपर्छ भन्दै सो आत्मसुरक्षा कार्यक्रम ल्याउन लागिएको बताइयो ।
संस्थाका अध्यक्ष रश्मिला प्रजापतिले नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कमजोर कानुनी प्रावधान र विद्यमान कानुनको प्रभावकारी ढङ्गले कार्यान्वयन हुन नसकेका अवस्थामा महिला र बालबालिका झन् हिंसाबाट पीडित हुनुपरिरहेकाले सो कार्यक्रमले हिंसा रोक्न धेरै हदसम्म सक्ने सहयोग गर्ने बताइन् ।
राष्ट्रिय महिला आयोगका सदस्य मोना अन्सारीले महिलालाई प्रत्यक्षरूपमा लक्ष्य गरी हिंसा हुन थालेको छ भन्दै हिंसामा सांस्कृतिक, सामाजिक संस्कारले पनि महिलालाई नै दोषी देखाउने गरेको धारणा राखिन् ।
आत्मसुरक्षा कार्यक्रमका लागि स्विस प्रशिक्षक एडेसा रामोसद्धारा तालिम प्रदान गरिनेछ । यसका लागि यही जेठ १२ गते पहिलो आत्मसुरक्षा कार्यशाला गोष्ठीसमेत हुने भएको छ । आगामी महिनादेखि महिला तथा बालबालिकालाई लक्ष्य गरी नियमित रूपमा आत्मसुरक्षा तालिम सञ्चालन गर्ने बताइएको छ । रासस
Powered by Blogger.
महिला हिंसा न्यूनीकरणका लागि महिला आफैं सशक्त
प्रकाशित मिति:
May 19, 2013