सुनको भाउ नेपाली बजारमा आज पनि घट्यो
जेठ ६ । नेपाली बजारमा सुनको भाउ आज पनि ओरालो नै लागेको छ । सोमबार स्थानीय बजारमा सुन तोलामा ४ सय रुपैयाँ सस्तिएर ४८ हजार ६ सय ९८ रुपैयामा कारोबार जारी छ ।
हिजो छापावाल सुन तोलाको ४९ हजार १ सयमा कारोबार भएकोमा आज ४ सयले सस्तिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटका कारण नेपाली बजारमा पनि सुनको भाउमा हस आएको हो ।
आजका लागि नेपाल सुन चाँदी व्यवसायी महासंघले आज तेजाबी सुनको भाउ प्रति दशग्राम ४१ हजार ५ सय ३५ अर्थात् तोलाको ४८ हजार ४ सय ४७ रुपैयाँ तोकेको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर ८ सय ३० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति:
May 20, 2013