सरुदलमियाँ हकको छानबिन टोलीले अनुसन्धान गर्दै
सप्तरी, ८ जेठ । बिघटित संबिधानसभाका सदस्य सदरुल मियाँ हकको हत्याको छानविनका लागि सरकारले गठन गरेको छानविन समिति आज विहान घटनास्थल आइपुगेको छ ।
प्रहरी नायव महानिरीक्षक दिनकर शमशेर राणाको संयोजकत्वमा पूर्वाञ्चल प्रहरी प्रमुख र अनुसन्धान कार्यालयका पूर्वाञ्चल प्रमुख सदस्य रहेको टोली कल्याणपुर २ बिसनपुर पुगिसकेको र अहिले केही बेरमा काम सुरु गर्ने सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जानकारी दिनुभयो ।
हत्या गरिएका पूर्व सभासद् हकको शवपरीक्षणका लागि गएराति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
घटना भएको स्थानमा पुगि थप अनुसन्धान गरिरहेको टोलीले जनाएको छ
प्रकाशित मिति:
May 22, 2013