चेन्नई यस सिजनको IPL फाइनलमा पुग्ने पहिलो टिम
आइपिएल क्रिकेटको पहिलो प्लेअफमा मुम्बई इन्डियन्सलाई ४८ रनले पराजित गर्दै चेन्नई सुपर किंग्स फाइनल प्रवेश गरेको छ ।
जितसंगै
दिल्लीमा टस जितेर पहिले व्याटिङ थालेको चेन्नईले १ विकेटको क्षतिमा १ सय ९३ रन जोडेको थियो ।
चेन्नईका लागि माइकल हसीले ५८ बलमा दश चौका र दुई छक्काको मद्दतले नटआउट ८६ रन र सुरेस रैनाले ४२ बलमा नटआउट ८२ रन बनाए । मुरली विजयले २३ रन जोडे ।
मुम्बईका लागि एक मात्र विकेट किरोन पोलार्डले लिए ।
जवाफी व्याटिङ थालेको मुम्बई १८ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ४४ मा समेटियो । मुम्बईका ड्याने स्मिथले २८ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ६८ रन जोडेपनि त्यो जितका लागि प्रयाप्त भएन। आइपिएल क्रिकेटको दोस्रो प्लेअफमा आज ७ बजे राजस्थान र हैदरावाद भिड्नेछन् ।
प्रकाशित मिति:
May 22, 2013