शिक्षकसेवा परिक्षाको तयारी पुरा
काठमाडौ, ८ लामो समय देखि रेकिरहेको शिक्षा आयोगको परिक्षा बिहिबार बाट सञ्चालनको तयारी पुरा भएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ । परीक्षा दिउँसो २ बजेदेखि सञ्चालन हुनेछ । आयोगका अनुसार देशभर एकहजार ८ सय ४७ वटा केन्द्र निर्धारण गरिएको छ ।
परिक्षलाई व्यविस्थत र मर्यादित ,सफल बनाउन सबै राजनितिक दल , पत्रकार ,शिक्षक सबै संग आग्रह गरेको छ । प्राथमिकका लागि ९ सय ५९, निम्न माध्यमिकको लागि ६ सय ३६ र माध्यमिकको लागि २ सय ५२ वटा परीक्षा केन्द्रमा परिक्षा सञ्चालन हुने आयोगका प्रशासकीय प्रमुख खगेन्द्रप्रसाद नेपालले जानकारी दिएका छन । परिक्षाको तयारीले गर्दा धेरै जसो विधालयमा पठनपाठन बन्द भएका छन ।
प्रकाशित मिति:
May 22, 2013