महोत्सव भन्दा पनि ऐश्वर्यालाई हेर्नेको भिड (फोटोफिचर)
फ्रान्समा आयोजित ६६ औं क्यान्स चलचित्र महोत्वसमा अभिनेत्री तथा बलिउड सुन्दरी ऐश्वर्या राय सहभागी हुँदा महोत्सवको भन्दा पनि ऐश्वर्याको बढी चर्चा चलेको छ ।
विवाहपछि सन्तानकी आमा बनेकी उनी हल्काफल्का मात्रै सार्वजनिक हुने गरेको र क्यासमा सहभागी हुँदा उनको सौन्दर्यताले निक्कै प्रशंशाको स्थान ओगटेको हो ।
निलो रंगको पहिरनमा रहेर गरिएको उनको प्रस्तुतिले निक्कै चर्चा पाएको थियो ।
कार्यक्रममा उनको सहभागीताका पल पलका क्षणहरुलाई फोटो पत्रकारहरुले क्लिक पारिरहेका थिए । तिनै क्लिक मध्ये केही यहाँ एजेन्सीको सहयोगमा लिएका छौँ ।
प्रकाशित मिति:
May 22, 2013