ट्याक्टर दुर्घटनामा एकको मृत्यु, आठ घाइते
जेठ ८ । ट्याक्टर दुर्घटना हुँदा रोल्पामा आज एक जनाको ज्यान गएको छ ।
बिहान पौने १० बजे सदरमुकाम लिबाङबाट सुलिचौरतर्फ जाँदै गरेको लु २ त ७६१९ नम्बरको ट्याक्टर मिझिङ–५ उपल्लोधर भन्ने स्थानमा दुर्घटना हुँदा अरेस गाविस–६ का कुलबहादुर पुनका मुत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पुनको सुलिचौरमा बजारमा रहेको जीवन अनमोल अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक सरोज पौड्यालले बताए । दुर्घटनामा परी थप आठजना घाइते भएका छन् ।
तीव्रगतिमा रहेको ट्याक्टर सडकबाट करिब १३ मिटर तल खसेको थियो ।
घाइतेहरूको सुलीचौर प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।
प्रकाशित मिति:
May 22, 2013