विभत्स हत्या गरिएका पूर्व सभासद् मियाँको शवयात्रा निकालियो

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षणपछि आज दिउँसो सप्तरी सदरमुकाम राजविराजसहित विभिन्न ठाउँमा शवयात्रा गरिएको हो ।
शवयात्रामा हत्या गरिएका पूर्व सभासद् हकका हजारौं सकमर्थको सहभागिता थियो ।
राजविराजपछि मलेठ, रायपुर, शम्भुनाथ, मोहनपुर गाविस हुँदै शवलाई उनकै घर रहेको कल्याणपुर–२ पु¥याइएको छ । शवयात्रा सम्पन्न भएपनि हत्यारा पत्ता नलागेसम्म अथवा गृहमन्त्री आएर प्रतिबद्धता नजनाएसम्म अन्तिम संस्कार नगरिने उनका समर्थकहरूले बताएका छन् ।
पूर्व सभासद् हकको सोमबार राति कल्याणपुर–२ स्थित उहाँकै पेटोल पम्पमा अज्ञात व्यक्तिहरूले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
प्रकाशित मिति:
May 22, 2013