सुतेकै ठाउँमा धारिलो हतियार प्रयोग गरि पूर्व स्वतन्त्र सभाषदको हत्या
जेठ ७ । विघटित संविधानसभाको स्वतन्त्र सदस्य रहेका शद्रुल मियाँ हकको गएराति राति सुतेकै ठाउँमा धारिलो हतियार पयोग गरि हत्या भएको छ ।
सप्तरीको निर्वाचन क्षेत्र नं. ५ बाट संबिधानसभामा प्रतिनिधित्व गरेका उनको गएराति कल्याणपुर २ स्थित किसनपुरमा चोकमा आफ्नै पेट्रोलपम्पमा राति सुतेको अवस्थामा धारिलो हतियार प्रयोग गरि हत्या भएको हो ।
मियाको घाँटीमा धारिलो हतियारले हानेको चोट लागेको प्रहरीले जनाएको छ । राति नै उनको हत्या भएको भए पनि अन्यले भने बिहान मात्रै थाहा पाएका थिए । उनको घाँटी आधा काटिएको अवस्थामा फेला परेको बताइएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ भने प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ । उनको हत्याको कारण खुल्न सकेको छैन भने हत्याको जिम्मा पनि कसैले लिएको छैन ।

प्रकाशित मिति:
May 21, 2013