अमेरिकामा आँधीबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो
जेठ ७ । अमेरिकामा सोमबार आएको टोर्नाडो नामको शक्तिशाली तूफानबाट मृत्यु हुनेको संख्या ९१ नाघेको छ ।
अमेरिकाको ओक्लोहामा सहरमा आएको सो आँधीका कारण अरु पनि कयौँ नागरिक हराइरहेका छन् । हराइरहेका भनिएका नागरिकको सङ्ख्या अझैपनि यकिन हुन नसकेको पनि समाचारमा उल्लेख छ ।
यसरी मारिनेमा २० जना बालबालिका रहेका छन् । मारिनेको सो सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । अधिकारीहरुले क्षतिको पूर्ण विवरण नआएको बताएका छन् ।
आँधीका कारण सयौँ घरका छाना उडाएको छ । एउटा विद्यालयमा व्यापक मात्रामा क्षति पु¥याएको बताइएको छ । घरका छाना उड्दा त्यसबाट घाइते नागरिकको सङ्ख्या पनि कयौँ रहेको समाचारमा जनाइएको छ ।
सोमबारै ओक्लोहामाका गभर्नर म्यारी फालिनले पत्रकार सम्मेलन गरी उक्त आँधीबाट सो सहरमा निकै ठूलो क्षति पु¥याएको जानकारी दिए ।
ओक्लोहामामा ठूलो क्षति भएको छ, उनले भने यस क्षेत्रमा भएको पूर्वाधार एवम् संरचनाको क्षतिका बारेमा पूर्ण विवरण आएको छैन तर हानीको विवरण निकै लामो छ ।
मारिनेमा २० जना बालबालिका पनि रहेका छन् । उनीहरु अधिकांश १२ वर्षमुनिका रहेका पनि बताइएको छ । सो आँधीमा परी घाइते भएका करिब १४५ जनालाई अस्पताल भर्ना गरिएको छ ।
उक्त प्रभावित क्षेत्रका नागरिकलाई अन्यत्र जान अधिकारीहरुले सूचना जारी गरिरहेका छन् । उनीहरुले सुरक्षितस्थलतर्फ लाग्न अधिकारीहरुले आग्रह गरिरहेको सञ्चारमाध्यमले बताएका छन् ।
तर सो आँधी अत्यन्तै शक्तिशाली भएको र घरका छानादेखि लिएर निकै ठूला संरचनाहरु पनि उडाउने गरिरहेकोले सर्वसाधारण नागरिक घरबाट बाहिर निस्कन नसकिरहेको बताइएको छ ।
ओक्लोहामाको दक्षिणतर्फका बासिन्दा रहेका मुरे समुदायलाई यसले निकै प्रभावित पारेको छ । यस समुदायका बालबालिकालाई विद्यालयबाटै हावाले उडाएको बताइको छ ।
दुईजना नौ वर्षका जस्ता देखिने बालकलाई विद्यालयबाटै हावाले उडाएको देखिएको समाचारमा जनाइएको छ ।
एक स्थानीय विद्यालयमा आफ्ना बालबालिका लिन पुगेका उनका अभिभावकलाई प्रहरी र उद्धारकर्ताहरुले सो विद्यायलसम्म जान दिएका छैनन् ।
प्रहरी, सैनिक र ठूलो सङ्ख्याका उद्धारकर्ताहरुले उक्त विद्यालयबाट बालबालिकालाई अन्यत्रै सार्ने र सुरक्षाको प्रबन्ध गर्ने काम गरिरहेका बताइएको छ । एजेन्सी
प्रकाशित मिति:
May 21, 2013