मोहम्मद अजिज अलि । निवर्तमान सभासद तथा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका संयोजक सदरुल मिया हकको हत्याको बिरोधमा गठबन्धनको अन्तराष्ट्रिय शाखा दोहा कतारले नेपाली दुताबास मार्फत गृहममन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
दोहा स्थित नेपाली दुताबास महामहिम राजदूतको कार्यकक्षमा उपस्थित मुस्लिम समुदायका अगुवाहरुले हत्याको घोर भर्त्सना गर्दै नेपाल सरकारको लापरवाही र शान्ति सुरक्षा फितलो भएकै कारण यसरि शृखलाबद्द रुपमा मुस्लिम समुदायका अगुवाहरुको हत्या भएकोमा आरोप लगाएका थिए ।
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन अन्तराष्ट्रिय शाखा दोहा कतारका सचिब मोहम्मद अजिज अलिले पढेर सुनाईएको ज्ञापन पत्र महामहिम राजदूत मायाकुमारी शर्मालाइ संयोजक मोहम्मद साकिर अलि लगायत सदरुल मिया हत्याकाण्ड सम्बन्धी सल्लाहकार मक्सुद आलम गठबन्धन अन्तराष्ट्रिय शाखा कतारका सल्लाहकार तथा प्रमुनेसका अध्यक्ष याकुब राइनले सामुहिक रुपमा बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै महामहिम राजदूतले निवर्तमान सभासदको क्रुर हत्याको घटनाले आफुलाई अत्यन्तै दुखित बनाएको भन्दै ज्ञापन पत्र सम्बन्धित निकायमा तुरुन्तै पठाउने जानकारी गराउनु भएको थियो ।
७ बुदे माग सहितको उक्त ज्ञापन पत्र बुझाउन विभिन्न मुस्लिम समाजका अगुवाहरुको पनि उपस्थिति रहेको थियो ।
Powered by Blogger.
पूर्व सभाषदको हत्याको कतारमा पनि विरोध
प्रकाशित मिति:
May 22, 2013