हाडनाता करणी गर्ने थुनामा
जेठ ८ । भक्तपुरको छालिङ गाविसमा हाडनाता करणी गर्ने एकजनालाई आज जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि कारागार चलान गरिएको छ ।
भक्तपुरको छालिङ गाविस वडा नं. ३ की एक १४ वर्षीया किशोरीलाई सोही गाउँका ३१ वर्षका आशालाल बाटाले गत वैशाख १७ गते जबरजस्ती करणी गरेका थिए ।
पीडित किशोरीले जाहेरी दिएपछि बाटालाई प्रहरीले दुई दिनपछि महानगरीय प्रहरी परिषर भक्तपुरले पक्राऊ गरेको थियो ।
पक्राउ परेका बाटालाई जिल्ला अदालत भक्तपुरले मुद्दा फैसला नभएसम्मका लागि थुनामा राख्न आदेश दिएपछि बाटालाई कारागार चलान गरिएको बताइएको छ । रासस
प्रकाशित मिति:
May 22, 2013