पत्नीलाई ६५ हजार दिएर सम्बन्ध विच्छेद
जेठ ६ । सप्तरीको पकरी गाविस–७ चिम्टीका २७ वर्षीय रञ्जितकुमार दासले पत्नीलाई जम्मा रु ६५ हजार नगद उपलब्ध गराए पछि जिल्ला अदालतमा दुईबीच सम्बन्धविच्छेद भएको छ ।
अंश र क्षतिपूर्तिवापत २२ वर्षीया पत्नी अञ्जनीकुमारी दासलाई पति रञ्जितले रु ६५ हजार दिएपछि दुवैको मिलापत्रमा सम्बन्धविच्छेद भएको जिल्ला बार एशोसियसन सप्तरीका अध्यक्ष केशवप्रसाद दासले बताए ।
जिल्ला अदालत सप्तरीका न्यायाधीश ईश्वरराज आचार्यको इजलासले मिलापत्रमा सम्बन्धविच्छेद गर्ने निर्णय गरेको हो ।
विवाह गरेको चार महिनादेखि नै पति रञ्जितले चरित्रमाथि शङ्का गरी शारीरिक तथा मानसिक यातना दिएको भन्दै अञ्जनीले सम्बन्धविच्छेद गरी पाउँ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
दुई वर्षअघि ०६८ जेठ १८ गते विवाह गरेका रञ्जितले पत्नी अञ्जनीको चरित्रमाथि शङ्का गर्दै ०६८ फागुन ९ गते घरबाट निकाले पछि उनी शम्भुनाथ गाविस–५ सिरकजरीस्थित माइतको शरणमा बस्दै आएकी थिइन् । रासस

प्रकाशित मिति:
May 20, 2013