सँगै गएका नायक नायिकामा अर्जुनले सगरमाथा चढे, निशाले सकिनन्

कार्कीसँगै म्याराथुन धावक सञ्जय पाण्डेले पनि सर्वोच्च शिखरमा पाइला टेकेका छन् । तर कार्कीसंगै गएकी नायिका निशा अधिकारीले भने सगरमाथाको आरोहण गरेकी छैनन् । उनले केही दिन पछि आरोहण गर्ने बताइएको छ ।
नायक कार्की र राष्ट्रिय म्याराथुन धावक पाण्डेले सोमबार बिहान साँढे सात बजे सगरमाथाको आरोहण गरेका हुन् । उनीहरुसँगै सेभेन समिटको संयोजनमा १४ जना बिदेशी नागरिक र २५ जना नेपाली शेर्पाले सगरमाथामा पाइला टेकेका हुन् ।
प्रकाशित मिति:
May 20, 2013