भारी वर्षाले त्रिभुवन विमानस्थल नै बन्द
जेठ ६ । सोमबारको भारी वर्षाका कारण एक मात्रै अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल समेत बन्द हुन पुग्यो ।

भारी वर्षाले मौसममा प्रतिकुल असर आएपछि दिउँसो ११ देखि १२ बजेसम्म करिब १ घन्टा विमानस्थल नै बन्द भएको हो ।
विमानस्थल बन्द भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रोकिएका थिए ।
सामान्य वर्षामा उडान प्रभावित नहुने भए पनि ठूलो वर्षा तथा खराब मौसममा उडान भर्न प्राविधिक कठिनाइ हुने भएकाले विमानस्थल बन्द गरिएको हो ।

प्रकाशित मिति:
May 20, 2013