कैलालीमा करेन्ट लागेर दुईको मृत्यु
जेठ १७ । करेन्ट लागेर कैलालीमा आज दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बलिया गाविस–९, चिसापानीका ५५ वर्षीय भोजबहादुर टमट्टा र उनकी ४५ वर्षीया श्रीमती तुलसी टमट्टा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आज बिहान घरमा विद्युत् सर्ट हुँदा करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका टमट्टा दम्पतीको उपचारका क्रममा लालरत्न अस्पताल लम्कीमा मृत्यु भएको जनाइएको छ ।
प्रकाशित मिति:
May 31, 2013