दुई सयमै अनलिमिटेड इन्टरनेट

बैशाख ३१ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस २०१३ को उपलक्ष्यमा नेपाल टेलिकमले २ सयमै अनलिमिटेड इन्टरनेट सेवा दिने भएको छ ।
टेलिकमले जेठ ३ गते अर्थात् १७ मे २०१३ देखी डायलअप इन्टरनेट सेवामा मासिक दुईसयमा अनलिमिटेड इन्टरनेट दिने भएको हो ।
डायलअप कै रात्रीकालिन (नाइट सर्फमा) भने एक सयमै मासिक इन्टरनेट सेवा चलाउन पाइने भएको छ ।
टेलिकमले डायलअप इन्टरनेटका लागि विहान ६ देखी राती १० बजे सम्म चार मिनेटको र राती १० देखी विहान ६ बजे सम्मका लागि आठ मिनेटको एक कलको व्यवस्था मिलाएको उल्लेख छ ।
डायलअप इन्टरनेट चलाउनका लागि टेलिफोनको कल पनि खर्च हुने गर्दछ ।
प्रकाशित मिति:
May 14, 2013