लिम्बूवानद्वारा अनिश्चितकालीन बन्द, सयौँ यात्रु अलपत्र

पूर्वपश्चिम र कोसी राजमार्गका साथै सहायक राजमार्गमा बिहानैदेखि सार्वजनिक यातायातका साधन नगुडेको जिल्ला ट्राफिक कार्यालय बिर्तामोडले जनाएको छ । धनकुटा, पाँचथर र मोरङको सिमानामा पर्ने बुधबारे–६मा परिषद्का कार्यकर्ताले तस्बिरसहितको मतदाता सङ्कलनमा अवरोध गर्न थालेपछि पक्राउमा परेका करिब छ कार्यकर्ताको रिहाइको माग राखी हड्ताल गरिएको हो ।
अप्रत्याशित रूपमा सार्वजनिक यातायातका साधन नगुडेपछि सयौँ यात्रु अलपत्र परेका छन् ।
प्रकाशित मिति:
May 04, 2013