बैशाख ३१ । नेपाल आदिवासी जनजाति महासङ्घको केन्द्रीय अध्यक्षमा नागेन्द्र कुमाल निर्वाचित भएका छन् ।
गएराति भएको निर्वाचनमा प्रतिद्वन्द्वी चन्द्रविक्रम राईलाई पराजित गर्दै कुमाल महासङ्घको अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचनमा खसेको कुल ५३ मतमध्ये कुमालले ३२ मत र राईले १७ मत पाएको निवर्तमान अध्यक्ष राजकुमार लेखीले बताएको राससले उल्लेख गरेको छ ।
महासङ्घमा आबद्ध जातीय संस्थाहरूबाट एक/एक जनाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।
अध्यक्ष पदका अर्का प्रत्यासी नरेश ताम्राकारको पक्षमा तीन मतमात्रै परेको थियो । नवनिर्वाचित अध्यक्ष कुमालले आदिवासी जनजातिको अधिकार स्थापनाका लागि लडिरहने बताए ।
यस्तै १३ सदस्यीय सचिवालयको महासचिवमा २२ मत प्राप्त गर्दै पेम्बा भोटे निर्वाचित भएका छन् । पा“चजना उपाध्यक्षमा रोश्नी मेचे (महिला), डन्डु शेर्पा (हिमाल), सूर्यबहादुुर माझी (पहाड), चिनीलाल माझी (भित्रि तराई), राम अवतार मण्डल (तराइ)बाट विजयी भएका छन् ।
यशोधा चौधरी, गणेशलाल थकाली, यमबहादुर चेपाङ, चिनीमाया माझी ध्यानी उ“रावे सचिवमा चयन भए त्यस्तै कोषाध्यक्षमा जगतबहादुर बराम निर्वाचित भए ।
तीन दिनसम्म चलेको महाधिवेशनले ३० बुँदे सौरहा घोषणापत्र पनि जारी गरेको छ । पहिचानसहितको सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीलगायतका सवाललाई प्राथमिकता दिँदै ३० बुँदे घोषणापत्र जारी गरिएको महासङ्घले जनाएको छ ।
सकेसम्म संविधानसभा पुनःस्थापना गर्नुपर्ने, नभए थ्रेसहोल्ड नतोकी निर्वाचन गरेर पहिचानसहितको संविधान निर्माण हुनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
Powered by Blogger.
आदिवासी जनजातिको महाधिवेशन सम्पन्न, अध्यक्षमा नागेन्द्र कुमाल निर्वाचित
प्रकाशित मिति:
May 14, 2013