जग्गेबाटै बिहे गर्दिन भनेर बेहुला उठेर हिडेपछि भाँडभैलो (भिडियोसहित)
बैशाख ३१ । सोमबार राजधानीमा अलिक अचम्म खालको घटना घट्यो । जसले निक्कै ध्यान समेत खिच्यो । कुरो हो बिहेको । बालुवाटारका अनिल चौलागाईको बिहे भईरहेको बेलामा जग्गेबाटै उनले आफू बिहे नगर्ने भन्दै बाउठिए पछि त्यसले भाडभैंलो नै मच्चिन पुग्यो ।
दिङ घर भई बालाजु बस्दै आएकी खनाल थरकी बेहुलीसँग स्वयंवर गरेपछि म त बिहे नगर्ने भनेका थिए । जग्गेबाट उठी बिहेको कार्यक्रम जारी रहेकै बेला माला र टोपी फुकालेर हातमा लिएर उनले आफूलाई बिहे गर्ने मन नभएको बताए । उनको भनाई थियो परिवारको करकापमा मण्डपसम्म आएको हुँ म त बिहे गर्दिन ।
विवाह हुन लागेको छ भनेर मलाई अस्ति मात्र खबर गरेको हो ।

त्यसपछि त त्यहाँ हल्लीखल्ली नै मच्चियो । बेहुली पक्षले भने सहमतिमा नै विवाह हुन लागेको तर, चौलागाईले कसैको भड्काउमा लागेर आफूहरुको बेइज्जत भएको भन्दै आक्रोशित भए । उक्त भाँडभैलोमा बेहुलालाई फकाउने प्रयास सबैले निक्कै ठूलै गरेपनि चौलागाई नमानेपछि बेहुली पक्षले क्षतिपूर्तिसहित सार्वजनिक माफीको माग गरे । उनीले प्रहरीमा उजुरी दिनुका साथै चौलागाईको आधा सम्पत्ति पाउनुपर्ने भनेका छन् ।

प्रकाशित मिति:
May 14, 2013