सर्वोच्चका न्यायाधीश बमको हत्यामा तत्कालिन गृहमन्त्री गच्छदारको सोझै संलग्नता
बैशाख ३१ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा तत्कालिन डा. बाबुराम भट्टराई नेतृत्व सरकारका गृहमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारको संलग्नता भएको प्रमाणहरु फेला परेका छन् ।
बमको हत्या गर्ने भारतीय आपराधिक समूह रहेको तथ्य खुलेको हो भने उक्त अपराधिक समूहसँग गच्छदारको सयौँ पटकसम्म फोन सम्पर्क हुने गरेको प्रमाण बाहिर आएको छ ।
दुरसञ्चारको कल डिटेल्स अध्ययन गर्दा गच्छदारसँग नियमित रूपमा कयौपटक भारतीय जेलमा रहेका बब्लु श्रीवास्तवसँग भएको तथ्य नै फेलापरेको हो । र घटनापछि गृहमन्त्रालयले देखाएको अनुसन्धान तथा सुरक्षाप्रतिको गैरजिम्मेवारीपनले पनि न्यायाधीश बमको हत्या गच्छदारकै संलग्नतामा भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
आजको दृष्टि साप्ताहिकले छापेको समाचार अनुसार तात्कालीन गृहमन्त्रीकै सहयोगमा उक्त हत्याकाण्ड भएको भएको प्रहरीले अनुमान गरेको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) उच्च स्रोतलाई उल्लेख गर्दै दृष्टिले गच्छदारसँग बब्लुले मोबाइल नम्बर ००९१९८११३८६६५१ र ००९१९००५७७४७०५ बाट कयौ पटक सम्पर्क गरेको जनाएको छ । उक्त कुराकानी गराउने काम डब्लु भन्ने दीपक शाहीले गराएको प्रहरीको ठम्याई छ ।
बमको हत्या हुनुअघि सातपकटसम्म शाहीले तत्कालीन गृहमन्त्री गच्छदारसँग गृह मन्त्रालयमै भेटघाट गरेको पनि प्रहरी स्रोतको दाबी छ ।
त्यसको अवला माथिको नम्बरबाटै गच्छदारले प्रयोग गर्ने मोबाइल नंम्बरमा कैयौ पटक कुराकानी भएको तथ्य प्रहरीको कल डिटेल्समा फेला परेको छ ।
यी विभिन्न घटनाहरुले उक्त हत्यामा गच्छदारको सोझो संलग्नता रहेको दाबी प्रहरी स्रोतले गरिसकेको भएपनि पोलिटिक्स पावर र भारतीय पक्षको दबाबका कारण गच्छदारमाथि कारबाही कसरी अघि बढ्ला भन्ने विषय भने अझै शंकाको घेराभित्र रहेको बताइन्छ ।
बमको हत्या गर्ने भारतीय आपराधिक समूह रहेको तथ्य खुलेको हो भने उक्त अपराधिक समूहसँग गच्छदारको सयौँ पटकसम्म फोन सम्पर्क हुने गरेको प्रमाण बाहिर आएको छ ।
![]() |
घटनापछि बमलाई गोली हानेपछिको खालि उनको नीजि कार । |
आजको दृष्टि साप्ताहिकले छापेको समाचार अनुसार तात्कालीन गृहमन्त्रीकै सहयोगमा उक्त हत्याकाण्ड भएको भएको प्रहरीले अनुमान गरेको छ ।
![]() |
रणबहादुर बम |
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) उच्च स्रोतलाई उल्लेख गर्दै दृष्टिले गच्छदारसँग बब्लुले मोबाइल नम्बर ००९१९८११३८६६५१ र ००९१९००५७७४७०५ बाट कयौ पटक सम्पर्क गरेको जनाएको छ । उक्त कुराकानी गराउने काम डब्लु भन्ने दीपक शाहीले गराएको प्रहरीको ठम्याई छ ।
![]() |
गच्छदार |
त्यसको अवला माथिको नम्बरबाटै गच्छदारले प्रयोग गर्ने मोबाइल नंम्बरमा कैयौ पटक कुराकानी भएको तथ्य प्रहरीको कल डिटेल्समा फेला परेको छ ।
यी विभिन्न घटनाहरुले उक्त हत्यामा गच्छदारको सोझो संलग्नता रहेको दाबी प्रहरी स्रोतले गरिसकेको भएपनि पोलिटिक्स पावर र भारतीय पक्षको दबाबका कारण गच्छदारमाथि कारबाही कसरी अघि बढ्ला भन्ने विषय भने अझै शंकाको घेराभित्र रहेको बताइन्छ ।
प्रकाशित मिति:
May 14, 2013