एकमुष्ठ अवैध भर्नाका विरुद्ध क्याम्पसमा लाग्यो ताला

यसअघि त्यहाँ भर्नाको अन्तिम दिन राति ११ बजेसम्म पनि अवैध तरिकाले एकमुष्ठ रुपमा एकीकृत माओवादी निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुले भर्ना गरेका थिए । त्यसको भिडियोसहित हेलोखबरले सार्वजनिक गरेको थियो ।
त्यसलगत्तै नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले एकमुष्ठ अवैध भर्नाको विरोध गर्दै आएको छ । उसले त्यसरी गरिएको भर्ना खारेज नगरिए भर्ना गरिएका सबै क्याम्पसमा ताला लगाउने घोषणा गरिसकेको छ ।
अन्य विद्यार्थी संगठनले पनि एकमुष्ठ भर्ना गरिएको पाइए त्यसको खारेज गर्ने बताइ रहे पनि भिडियोसहित प्रमाणहरु सार्वजनिक हुँदा समेत चुप लागेर बसेका छन् ।
प्रकाशित मिति:
May 20, 2013