प्रतिगमन बिरुद्ध माओवादी चुप लाग्दैन : विप्लप
जेठ ३० - नेकपा-माओवादीका नेता नेत्रविक्रम चन्द ‘विप्लप’लेप्रतिगमन बिरुद्ध नेकपा–माओवादी चुप लागेर नबसी परेको बेला जे पनि गर्न तयार भएको चेतावनी दिएका छन्।
बिहिबार सर्लाहीमा बोल्दै नेता चन्दले आगामी निर्वाचन चार दलको गठबन्धनले गर्ने भएकाले पूर्व राजाले गराएको नगर निर्वाचन जस्तै हुने आरोप समेत लगाएका छन् । चन्दले यस्तो निर्वाचनले जनताको पक्षमा निर्णय दिन नसक्दै भन्दै प्रतिगमनलाई बढवा दिने निर्वाचन माओवादीलाई स्वीकार्य नहुने बताएका हुन् ।
विप्लपले आफ्नो पार्टी सहभागी नहुने निर्वाचनको कल्पना समेत गर्न नसकिने भन्दै चार दलको गठबन्धनले गर्ने निर्वाचनमा जनताले सहभागीता नजनाउने भन्दै यस्तो बताएका हुन् । विप्लपले चार दलले ज्ञानेन्द्र शैलीमा निर्वाचन गर्ने तयारी गरेको समेत अरोप लगाएका छन् ।
विप्लपले सर्लाहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता विप्लप सानो समूहको स्वार्थका लागि गर्ने निर्वाचनले निकास दन नसक्ने बताएका हुन् । यस्तो निर्वाचनले प्रतिगमनको जन्म हुने उनको भनाइ छ ।
प्रकाशित मिति:
June 13, 2013