निर्वाचनको मिति घोषणा भए अर्को द्वन्द्व सुरु हुन्छ : गजुरेल

बिहिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गजुरेलले अर्को संविधानसभाको निर्वाचनको घोषणा भए अर्को द्वन्द्व सुरु हुने बताएका हुन् ।
गजुरेलले प्रमुख चार दलको सिन्डिकेटका कारण मुलुक संकटतर्फ मोडिएको भन्दै चार दलकै कारण निर्वाचनको मिति घोषणा भएपछि मुलुकमा अर्को द्वन्द्व सुरुहुने खतरा औल्याएका हुन् ।
गजुरेलले निर्वाचनको मिति घोषणा भए पनि निर्वाचनको वातावरण सिर्जना गर्न प्रमुख चार राजनीतिक दल नै असफल हुने भन्दै एकीकृत माओवादीले वाईसीएल ब्यूताउने र नेकपा एमालेले यूथ फोर्स ब्यूताउने खेल सुरु गरेकाले समेत निर्वाचनमो मिति घोषणा पछि मुलुकमा अर्को द्वन्द्व सुरु हुने आशंका गरेका हुन् ।

प्रकाशित मिति:
June 13, 2013