चट्याङ लागेर चारजनाको मृत्यु, दुई जना घाइते
असार ३ । पर्सामा आज बिहान चटयाङ लागेर चारजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पोखरिया पर्साका अनुसार जिल्लाको बैरियाबिर्ता गाविसमा बिहान करिब ८ बजे चट्याङ खस्दा दुईजनाको घटनास्थलमा नै र दुईजनाको उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज ल्याउँदै गर्दा मृत्यु भएको हो ।
बिहान खेतमा काम गरिरहेको अवस्थामा पानी परेपछि खेत नजिकैको छाप्रोमा ओत लागेर बसेका बेला अकस्मात चट्याङ खस्दा बैरियाबिर्ताका मनिफ मियाँ र गया मुखिया बिनको घटनास्थलमा नै मृत्युभएको स्थानीयवासी धर्मेन्द्र चौरसियाले जानकारी दिए ।
गम्भीर घाइते दुर्गा साह कानुसहित अर्को एकजनाको वीरगन्जमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । रासस
प्रकाशित मिति:
June 17, 2013