राष्ट्रपति डा. यादवलाई आज २ बजे जापान लगिने
असार ३ । राष्ट्रपति डा रामवरण यादव भोलि अपराह्न २ बजे स्वास्थ्य उपचारका लागि जापान लगिने भएको छ ।
राष्ट्रपति डा यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राससलाई दिएको जानकारी अनुसार उनी आज २ बजे थाई एयरबाट बैंकक हुँदै जापान जान लाग्ने छन् ।
राष्ट्रपति डा यादवसँग उनका छोरा डा चन्द्रमोहन यादव, छोरी अनिता, एक निजी सहयोगी, सल्लाहकार सूर्य ढुङ्गेल, निजी चिकित्सक यादव भट्ट, तीन जना सुरक्षाकर्मी र परराष्ट्र मन्त्रालयका एक अधिकारी जापान जानु हुने सल्लाहकार दाहालले जानकारी दिए ।
पेटको आन्द्रामा समस्या देखिएपछि थप उपचारका लागि सरकारले आइतबार मात्रै उनलाई जापान पठाउने निर्णय गरेको थियो । जापानमा उपचारलगायत व्यवस्थापनको जिम्मा नेपाली राजदूतावासले मिलाउने भएको छ ।
अस्ति मात्रै उनले यहाँस्थित ग्रान्ड इन्टरनेसनल हस्पिटलमा उपचार गराएका थिए । रासस

प्रकाशित मिति:
June 17, 2013