एकीकृत माओवादीका कारण मंसीरमा चुनाव अनिश्चित :ज्ञवाली
असार ११ नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले एकीकृत माओवादीका कारण मंसीरमा हुने भनिएको भएको बताएका छन ।
ज्ञवालीले आगामी निर्वाचनमा एमाओवादीको हार निश्चित भएकोले चुनाव हुन नदिने सडयन्त्र गरीरहेको उनले आरोप लगाएका छन । मंसिर ४ मा चुनाब नभए त्यसको सम्पुर्ण जिम्मा एनेकपा माओवादी लिनु पर्ने उनले बताएका छन । अब छिटो निर्वाचन हुन नसके देश अधिनायकवाद तर्फ जाने उनले दाबी गरेका छन ।
यसैगरी संघीय समाजवादी पार्टीका उपाध्यक्ष रिजवान अन्सारीले चार दलको सिन्डिकेटका कारण मुलुकमा यो स्थिती आएको बताएका छन । उनले जति सक्दो छिटो चार दलिय सिन्डिकेट तोड्नु पर्ने बताएका छन ।
प्रकाशित मिति:
June 25, 2013