जर्मनीले दियो नेपाललाई १ अर्ब ७५ करोड अनुदान
काठमाडौँ, ७ असार । जर्मन सरकारले नेपालका लागि १ अर्ब ७५ करोड अनुदान दिएको छ ।
सङ्घीय गणतन्त्र जर्मनीले ऊर्जा क्षमता तथा नवीकरणीय ऊर्जाकार्यक्रम कार्यान्वयन गर्न रु एक अर्ब ७५ करोड अनुदानस्वरुप दिएको हो ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले कार्यान्वयन गर्ने उक्त कार्यक्रमअन्तर्गत ग्रामीण क्षेत्रमा सौर्य प्यानल एवम् पानी नाप्ने पम्प जडान र त्रिशूली करिडरमा प्रसारण लाइन विस्तार गर्न प्राप्त अनुदान रकम खर्च गरिनेछ ।
आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जर्मनी राजदूत फ््रयाङ्क माइकी र उक्त मन्त्रालयको सहसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरे ।
त्यस अवसरमा राजदूत माइकीले नेपालको आर्थिक–सामाजिक विकासमा सहयोग गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको बताउँदै संविधानसभाको निर्वाचनपछि द्विपक्षीय सहायता अरु विस्तार हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
June 21, 2013