बम बिस्फोटमा ११ महिलाको ज्यान गयो
असार १ । पाकिस्तानको क्वेटामा भएको शक्तिशाली बम बिस्फोटमा ११ महिलाको ज्यान गएको विभिन्न अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
महिला विश्वविद्यालय बाहिर बसमा गरिएको आक्रमणमा अन्य २२ जना घाइते भएको र उनीहरुको उपचार भईरहेको छ ।
कक्षा सकिएर घर फर्कने समयमा विश्वविद्यालयको परिसरभित्र रहेको बसमा बिस्फोट भएको हो ।
अस्पताल क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने त्यस क्षेत्रमा लामो समयसम्म पनि गोली चलेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
प्रकाशित मिति:
June 15, 2013