तीन चोर पक्राउ परे
जेठ २५ । घर निर्माणमा प्रयोग हुने फलामको रड चोरी गर्ने तीन जनालाई विराटनगरस्थित नगर प्रहरीको कार्यालयले आज पक्राउ गरेको छ ।
विराटनगर– १७ स्थित रेवाकान्त यादवको नयाँ निर्माण भइरहको पक्की घरबाट फलामको रड चोरी गरी विराटनगर सरौचियास्थित एक कवाडीमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।
नगर प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मोरङको मझारे वडा नं ३ का रामविलास कामत, सिरुवा महतो र हरिप्रसाद महतो रहेका छन् ।
उनीहरुमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

नगर प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मोरङको मझारे वडा नं ३ का रामविलास कामत, सिरुवा महतो र हरिप्रसाद महतो रहेका छन् ।
उनीहरुमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।
प्रकाशित मिति:
June 08, 2013